मौसम अपडेट : भोलि शनिबारसम्म मौसममा खराबी हुने अनुमान – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

मौसम अपडेट : भोलि शनिबारसम्म मौसममा खराबी हुने अनुमान

    मा प्रकाशित

कनिका खबर
असोज ९, दाङ ।
भोलि शनिबारसम्म मौसममा खराबी आउने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आज शुत्र,बार पनि देशभरि पानी पर्ने भएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै भोलिसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि साँझबाट भने सुधार आउने र आइतबारबाट मौसम सफा रहने छ । हालभारतको मध्यप्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको र न्यून चापीय क्षेत्र उत्तर–पूर्व सरिरहेकाले मुलुकका अधिकांश स्थानहरूमा वर्षा भएको हो ।
आज प्रदेश १, प्रदेश २ र बाग्मतीप्रदेशकाथोरै स्थानतथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २, बाग्मतीप्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णालीप्रदेशका एक–दुई स्थानमाभारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
भोलि प्रदेश १, प्रदेश २ मा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्