तुलसीपुरमा विश्व फोक्सो दिवस मनाइयो – Kanika Khabar
Friday, March 29Nepali News Portal

तुलसीपुरमा विश्व फोक्सो दिवस मनाइयो

    मा प्रकाशित

दाङ,९ असोज ।

तुलसीपुर उपमहानगरपालिका–७ र जनस्वास्थ्य प्रवर्दन शाखा कार्यालय दाङको सयुक्त आयोजनामा तथा मानव विकास केन्द्र नेपालको समन्वयमा विश्व फोक्सो दिवस मनाइएको छ ।

तुलसीपुर उपमहानगरपालिक वडा नं. ७ का वडा अध्यक्ष टोपबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा फोक्सोको महत्व, फोक्सोलाई असर पार्ने तत्वहरु र कोरोना भाइसरले पार्ने असरका बारेमा मानव विकास केन्द्र जनस्वास्थ्यकर्मी पुकार लामिछानेले जानकारी दिएका थिए ।

विश्वमा फोक्सोको असर र नेपाल र तुलसीपुर उपमहानगरपालिकामा कोरोनाको अवस्थाका बारेमा तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल फर्सन विमल केसीले जानकारी गराएका थिए । कार्यक्रममा जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख ओमपी न्यौपानेले फोक्सोलाई बचाउनका लागि ध्रुमपान,मध्यपान र सुर्तीजन्य पदार्थ आजैदेखि त्याग्न सुझाव दिएका थिए ।

त्यस कार्यक्रममा गैराखाली सामुदायिक वन उपभोक्ता समूहका छोटीलाल थारु, हिमाल टोल विकास सस्थाका अध्यक्ष ओमबहादुर वली, लेखनाथ न्यौपानेलगायतले बोलेका थिए ।

कार्यक्रममा विभिन्न टोल विकास सस्था तथा वन समूहका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण मानव विकास केन्द्रका कोषाध्यक्ष तथा प्रयोगशालाकर्मी नारायण रिजालले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्