काठमाडौं उपत्यकामा मात्र ७ सय २४ कोरोना सङ्क्रमित – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

काठमाडौं उपत्यकामा मात्र ७ सय २४ कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
असोज १०, काठमाडौं
पछिल्लो २४ घण्टामा १२ सय ७ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १९ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ४ सय ६७ जनाको मृत्यु भएको छ भने ५३ हजार १३ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११ सय ४७ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ७ सय २४ सङ्क्रमित थपिएका छन् ,जसमध्ये काठमाडौंका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जना छन् । यसैबीच, नेपालमा थप ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले थप ८ जनाको मृत्यु भएको जानकारी गराउँदै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्