मा प्रकाशित
कनिका खबर
असोज १०, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन समेत रहनुभएका उहाँले स्वास्थ्यमा केही समस्या आएपछि पिसिआर जाँच गराउनुभएको थियो । कोरोना भएको रिपोर्ट आएपनि अहिले भने स्वास्थ्य अवस्था सामान्य रहेको र हलुका थकाइ महसुस भएको डा. शाहले बताउनुभएको छ । पछिल्लो समय प्रधानमन्त्रीलाइ नभेटेको पनि उहाँले बताउनुभएको छ ।