कनिका खबर
असोज १०, दाङ
भारतको विहार राज्यमा विधान सभा सदस्य चयनका लागि तीन चरणमा मतदान गराइने भएको छ । मतदान आगामी अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ तारिखका दिन गर्ने तय भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कोरोना भाइरसबाट सृजित महामारी चलिरहेकै बेला हुन लागेको भारतको यो सवैभन्दा ठूलो निर्वाचन मानिएको छ । तीनै चरणका निर्वाचनको मतगणना भने नोभेम्बर १० तारिखका दिन गर्ने तालिका बनाएको निर्वाचन आयोगले जानकारी दिएको छ । अहिले घोषणा गरिएको निर्वाचनबाट भारतको विहार राज्य सभाका लागि २४३ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल अरोराले मतदानको दिन विहान ७ बजेदेखि मतदान शुरु गरिने जानकारी दिनुभएको छ । विहारमा गर्न लागिएको निर्वाचनका लागि कोरोनाभाइरस फैलिन नदिनका लागि विषेश स्वास्थ्य सतर्कता सहितको मापदण्डहरु तय गरिएको आयोगले जनाएको छ ।
मा प्रकाशित