सम्झना बिकको हत्यारालाई कारवाहीको माग गर्दै राजधानीमा प्रदर्शन – Kanika Khabar
Sunday, March 15Nepali News Portal

सम्झना बिकको हत्यारालाई कारवाहीको माग गर्दै राजधानीमा प्रदर्शन

    मा प्रकाशित

कनिका खबर
असोज ११, काठमाडौं
बझाङको मष्टा गाउँपालिका की १२ वर्षीय बालिका सम्झना बिकको हत्यारालाई कारवाहीको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ । गत बुधबार दिउँसो करिब १२ बजे परिवारसँगै बसेर खाना खाएर सम्झना घरभन्दा आधा घण्टा टाढा रहेको गोठमा गएकी थिइन् । तर उनी गोठ नपुग्दै बीच बाटोबाटै अपहरणमा परेको र नजिकैको मन्दिरमा लगेर बलात्कारपछि हत्या भएको बताईएको छ । निर्मला पन्तको हत्यारालाई कारवाही नभएको वर्ष भन्दा बढि समय बितिसक्दा त्यस्तै प्रकृतिको अर्को घटना हुनाले जनआक्रोश बढेको छ । प्रमुख प्रतिपक्षी दल काँग्रेसले सरकार नै बलात्कारीहरुको संरक्षण गर्न लागेको आरोप लगाएको छ । आज माइतीघरमा गरिएको प्रदर्शनमा युवा दलित संघर्ष समिति, नागरिक समाज तथा युवाहरुको उपस्थिति रहेको थियो । उनीहरुले बलात्कारीहरु विरुद्ध कडा कानुन बनाउनका साथै दोषी ठहर भएका बलात्कारीलाई फाँसीको सजाय समेत दिन माग गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्