सिन्धुली कमलामाईका ९० प्रतिशत भूभागमा बिजुली पुग्यो – Kanika Khabar
Friday, February 14Nepali News Portal

सिन्धुली कमलामाईका ९० प्रतिशत भूभागमा बिजुली पुग्यो

    मा प्रकाशित

कनिका खबर
असोज ११, सिन्धुली
सिन्धुलीको कमलामाई नगरपालिकाका ९० प्रतिशत भूभागमा विद्युतीकरण भएको छ । शनिबार कमलामाई नगरपालिका ८ मा विद्युत पु¥याएसँगै नगरक्षेत्रको ९० प्रतिशत भुभागमा विद्युतीकरणको काम सकिएको नगरप्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिनुभयो । वडा नं. ८ को तीनतले, पाथिपरान, माई खोला, सिद्धडाँडा, ज्यामिरे, बाघछेडा, ठूल्डाँडा हुँदै लाङ्दिमा विद्युत विस्तार गरिएको छ । साढे दुई करोड रुपैयाँ बढी लागतमा विस्तार गरिएको विद्युतबाट वडा नं. ८ का दुई सयभन्दा बढी घर परिवार लाभान्वित भएका छन्। माई खोला क्षेत्रमा ११ किलोमिटर मूख्य लाइन, १५ किलोमिटर शाखा लाइन, दुईवटा ट्रान्सफर्मर तथा पातिपरान क्षेत्रमा १५ किलोमिटर मुख्य लाइन, ३० किलोमिटर शाखा लाइन र १ वटा ट्रान्स्फर्मर जडान गरी वडा नं. ८ को सबै बस्तीमा विद्युतीकरण गरिएको नगरप्रमुख खत्रीले बताउनुभयो । हालसम्म कमलामाई नगरपालिकाको १४ वडा मध्ये वडा नं. १ को केही भाग र वडा नं. ४ को केही भाग बाहेक नगरको सबै भुभागमा विद्युतीकरण भएको नगरप्रमुख खत्रीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६/ ०७७ मा विद्युतीकरणका लागि विनियोजन गरिएको ६ करोड रुपैयाँले विद्युत पुग्न बाँकी वडा नं.७ , ८ र १० का सबै भुभागमा विद्युत सेवा विस्तार गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्