पोखरा महानगरमा अनलाईन मार्फत किसानको वर्गीकरण शुरु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पोखरा महानगरमा अनलाईन मार्फत किसानको वर्गीकरण शुरु

    मा प्रकाशित

जीवन सुवेदी
असोज १२, पोखरा ।
पोखरा महानगरपालिकाले अनलाईन मार्फत किसानहरुको वर्गीकरण गर्ने भएको छ । महानगरमा रहेका सम्पूर्ण किसानहरुलाई परिचयपत्र वितरण गर्नका लागि अनलाईन मार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रक्रिया अगाडि बढाइएको महानगरपालिकाले जनाएको छ ।
महानगरले तयार पारेको वेवसाईट पोखरा कृषि डटकममा राखिएको अनलाईन दर्ता फारम भरेर कृषकहरु सुचिकृत हुन सक्नेछन् । आज महानगरका प्रमुख मानबहादुर जिसीले वेवसाईट क्लिक गरी शुभारम्भ गरे । सो अवसरमा बोल्दै मेयर जिसीले कृषिमा थप जागरण ल्याउन र वास्तविक कृषकको पहिचान गर्न सहज हुने विश्वास व्यक्त गरे । फारम भर्ने तरिका र यसलाई थप प्रभावकारी बनाउन कृषहरुलाई प्रत्यक्ष रुपमै जानकारी गराउनुपर्नेमा जोड दिए । कृषि क्षेत्रको समग्र विकासको लागि स्रोत साधनको न्यायोचित र प्रभावकारी व्यवस्थापन गरी वास्तविक कृषक लाभान्वित हुने सुनिश्चितता कायम गर्न यो प्रणाली महत्वपूर्ण रहेको मेयर जिसीले बताए । उनले स्मार्ट सिटी बनाउने अभियानका लागि यस किसिमको कार्य सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्