भालुको आक्रमणबाट ८० वर्षिया बृद्धा घाईते – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

भालुको आक्रमणबाट ८० वर्षिया बृद्धा घाईते

    मा प्रकाशित

कनिका खबर

असोज १२, सोलुखुम्बु ।

भालुको आक्रमणबाट सोलुदुधकुण्ड नगरपालिका ६ खोरियामा एक बृद्धा गम्भीर घाईते भएकी छिन् । आज विहान करिब साढे १० बजे घर नजिकैको मकै बारीमा भालुले आक्रमण गर्दा खोरियाका ८० वर्षिया विमाया श्रेष्ठ गम्भीर घाईते भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । घाईतेको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको छ ।

उपचारमा संलग्न चिकित्सक ओम प्रकाश थापाका अनुसार उनको टाउको, पाखुरा र ढाड चोट लागेको छ । जस मध्ये टाउकोको चोट गम्भीर रहेकाले उपचारमा जटिलता आउन सक्ने डा. थापाको भनाई छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्