रोयल च्यालेन्जर्स बैंगलोरको दोस्रो जित – Kanika Khabar
Wednesday, November 12Nepali News Portal

रोयल च्यालेन्जर्स बैंगलोरको दोस्रो जित

    मा प्रकाशित

कनिका खबर
असोज १३
रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । दुबईमा गयराति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो । बैंगलोरले बिना विकेटको क्षति ११ रन बनाउँदै लक्ष्य भेट्टायो । सुपर ओभर अघि मुम्बईका लागि इशान किशनले ९९ केइरन पोलार्डले अविजित रहदै ६० रन बनाउनुभएको थियो । त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले ५५, देवदत्त पाडीक्कलले ५४ र आरोन फिन्चले ५२ रन बनाउनुभयो । जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ । हारपछि मुम्बईको भने ३ खेलमा २ अंक रहेको छ । आपीएल क्रिकेटकमा आज दिल्ली क्यापिटल्स् र सन्राईजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्