जाजरकोटका ४ विद्यालयमा कम्प्यूटर ल्याव स्थापना – Kanika Khabar
Monday, November 17Nepali News Portal

जाजरकोटका ४ विद्यालयमा कम्प्यूटर ल्याव स्थापना

    मा प्रकाशित

कनिका खबर
असोज १४, जाजरकोट
जाजरकोटको भेरी नगरपालिका भित्रका ४ वटा सामुदायिक विद्यालयमा कम्प्यूटर ल्याव स्थापना गरिएको छ । नगरपालिका अन्र्तगतका शिवशंकर मावि जगतीपुर, दीपेन्द्र मावि भुर, भगवती मावि कुदु र शंकर भवन मावि कुदुमा कम्प्यूटर ल्याव स्थापना गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य निरज आचार्यको पहलमा कम्प्यूटर ल्याव स्थापना गरिएको हो । नेकपा जाजरकोटका सहईन्चार्ज समेत रहेका आचार्यले अमेरीकामा बस्ने ओम दाहालसंग समन्वय गरी प्रति विद्यालय २० वटा कम्प्यूटर, १÷१ वटा प्रजेक्टर र फोटोकपी सहितको प्रिन्टर रहेको कम्प्यूटर ल्याव उपलब्ध गराउनुभएको हो । तेह्रथुम घर भई हाल अमेरीकामा बस्दै आएका दाहालले म्याराथन गरेर उक्त सहयोगका लागि रकम संकलन गर्नुभएको हो । नेता आचार्यले दाहालका प्रतिनिधिको रोहवरमा विद्यायलहरुलाई कम्प्यूटर ल्याव हस्तान्तरण गर्नुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्