विभिन्न पार्टी त्याग गरी काङ्ग्रेसमा प्रवेश – Kanika Khabar
Sunday, September 13Nepali News Portal

विभिन्न पार्टी त्याग गरी काङ्ग्रेसमा प्रवेश

    मा प्रकाशित

कनिका खबर
असोज १५, दाङ ।
विभिन्न पार्टी त्याग गरी ३ दर्जन बढीले आज बिहीबार काङ्ग्रेसमा प्रवेश गरेका छन् । तुलसीपुर वडा नं. १७ मा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनीहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन् । वडा नं. १७ का नेपाली काङ्रेसका सभापति लालबहादुर गिरीको अध्यक्षता तथा नेपाली काङ्ग्रेस दाङ जिल्लाका सभापति कीतिबहादुर खड्काको प्रमुख आतिथ्यता एवम् संविधानसभा सदस्य राजु खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा बोल्दै नव प्रवेशीहरुले लोकतान्त्रिक शासन व्यवस्थाको कवजमा नेपाली काङ्ग्रेसको विकल्प नरहेकोले आफूले प्रवेश गसरेका बताएका थिए ।
कार्यबmममा प्रदेश सभा उम्मेदवार भरत न्यौपाने, जिल्ला सदस्य श्याम रेग्मी, क्षेत्र नं. २ का सभापति भूप बहादुर डाँगी,नेपाली काङ्ग्रेस क्षेत्र नं. २ ‘ख’ का सभापति कमल गौतम, तरुण दल दाङका अध्यक्ष टिका घर्ती लगायतले बोलेका थिए । कार्यक्रममको सहजीकरण गिरीराज पाण्डेले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्