सोसोन दाङको अध्यक्षमा शर्मा – Kanika Khabar
Friday, April 19Nepali News Portal

सोसोन दाङको अध्यक्षमा शर्मा

    मा प्रकाशित

लक्ष्मण बस्नेत
१५ असोज दाङ ।

सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल ( सोसन) दाङ गठन गरिएको छ ।
सामाजिक अध्ययन विषयसँग सम्बन्धित जिल्ला स्तरमा छरिएर रहेका शिक्षक तथा सरोकारवाला सहितको सम्पन्न जिल्ला स्तरीय जुम बैठकले श्रीधर शर्मा अध्यक्ष रहेको १७ सदस्यीय सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल दाङ शाखा गठन गरेको हो ।
जसको उपाध्यक्ष हिमाल प्रकाश अधिकारी, सचिब प्रदिप चन्द, कोषाध्यक्षमा पवित्रा केसी रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा धन बहादुर पुन, पदम प्रसाद आचार्य, जगत रोका, मनकली बुढा, विष्णुमाया बोहरालाई चयन गरिएको छ । त्यस्तै आमन्त्रित सदस्यहरुमा भिम बहादुर केसी, राम प्रसाद खनाल, बिनोद कुमार गुप्ता, गङ्गा राम घर्ती, दिपक गौतम, दिपा ओली, नव राज भण्डारी र लोक बहादुर बुढा रहेको दाङ शाखा सचिव प्रदिप चन्दले जानकारी दिए ।
त्यस्तै बैठकले राम प्रसाद जैसी सयोजक रहेको पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । जसको सल्लाहकार सदस्यमा राजेन्द्र बहादुर बस्नेत र उद्वव न्यौपाने रहेका छन् ।
जुम बैठक पद्मोदय पब्लिक नमुना मावि भरतपुरका प्रधानाध्यापक राम प्रसाद जैसीको अध्यक्षता तथा सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपालका केन्द्रीय अध्यक्ष महेन्द्र बिष्टको प्रमुख आतिथ्यमा भएको थियो । उद्वव न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले राष्ट्रिय शिक्षाको १२ वटै उदेश्यसँग सामाजिक अध्ययन विषय सम्बन्धित भएकाले असल नागरिक उत्पादन गर्न यससँग सम्बन्धित ब्यक्तिहरु संस्थागत गर्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले शिक्षक हरुको क्षमता अभिवृद्धि गर्नु पर्ने बताएका थिए । सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि सोसोनका केन्द्रीय अध्यक्ष बिष्ट, उपाध्यक्ष धुर्व राज थापा, महासचिव ज्ञान बहादुर अधिकारी, कोषाध्यक्ष सुशिला ढकाल, केन्द्रीय सदस्य तथा शाखा बिस्तार समितिका सयोजक दामोदर न्यौपाने, नेपाल शिक्षक महासघ दाङका अध्यक्ष अमर खड्का, नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका उपाध्यक्ष श्यामा रावत लगायत बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव प्रदिप चन्दले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्