संघ र प्रदेशको साझेदारीमा सुर्खेत विमानस्थल स्तरोन्नति हुने – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

संघ र प्रदेशको साझेदारीमा सुर्खेत विमानस्थल स्तरोन्नति हुने

    मा प्रकाशित

कनिका खबर
असोज १६, काठमाडौं
विमानस्थल निर्माणको लागि संघीय सरकार र प्रदेश सरकार बीच पहिलो पटक समझदारी पत्रमा हस्ताक्षर भएको भएको छ । हिजो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि नेपाल सरकार र प्रदेश सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको उपस्थितिमा प्रदेश सचिव घनश्याम उपाध्याय र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पौडलबीच हस्ताक्षर भएको हो । पर्यटनमन्त्री योगेश भट्टराईले आयोजना केन्द्रित यो पहिलो समझदारी भएको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्