विहे गर्न पिसिआर… – Kanika Khabar
Thursday, April 18Nepali News Portal

विहे गर्न पिसिआर…

    मा प्रकाशित

अंकल, विहेका लागि पनि पिसिआर परीक्षण हो र ? रवि एकनासले मलाइ सोधि रहेको थियो । किनकि सन्चारकर्कीसंग उसले जिज्ञासा राख्नु स्वाभाविक पनि हो ।

अनि सरकारले पनि त्यसैगरी पिसिआर परीक्षण रिपोर्टका नाममा धेरै होरलो मच्चाइरहेको छ । कुनैवेला नागढुंगा क्रस गर्नपनि कोरोना परीक्षण सरकारले अनिवार्य गरेको थियो । काठमाडौंका घरवेटीहरुले डेरावाललाई पनि अनिवार्य पिसिआर परीक्षण गर्न लगाएका थिए । धन्न मैले त विहेगरी दुई सञ्तानको बाबु बनिसकेको छु…।

कुनैवेला विश्वव्यापी महामारीका रुपमा फैलिएको एड्सको यस्तै वितण्डा थियो । संभ्रान्त परीवारमा विहेवारीका लागि करिवकरीव एचआईभी टेष्टको रिपोटै अनिवार्य जस्तै बन्थ्यो । तर कोरोना संक्रमित जस्तै एचआईभी पोजेटिभ धेरै थिएनन् ।

एचआईभीबाट बच्न सजिलो उपाए पनि थियो । तर वर्तमान अवस्थामा आएको कोरोना भाइरसबाट बच्नका लागि कुनै उपाय छैन । जसले जे–जे भनेपनि विश्व सिनेमा जगतका अभिनेता अमिताव वच्चनलाई समेत कोरोनाको संक्रमण देखियो । अनि नेपालका पनि उच्च अहोदाका कर्मचारी र नेताहरुलाई पनि देखियो । तर सरकारले अझैपनि कोरोना संक्रमितको नाम गोप्य राखेको छ । यद्धपी संक्रमितको विभिन्न सामाजिक सञ्जालहरुमा खवहरु छाइरहेकै छन् ।

लुकाउने संक्रमण कोरोना होइन, जथाभावि गर्ने प्रबृत्तिपनि हावी हुनु हुंदैन । एचआईभी त यौन सम्पर्कबाट मात्र सथ्र्यो । तर कोरोना भाइरस त मौन संपर्कबाट पनि सर्छ । त्यसैले यो अर्थ राजनीतिसंग पनि जोडिएको छ । अव विश्वमा सर्व शक्तिमान राष्ट्र को बन्ने ? भन्नेपनि कोरोनाको संक्रमणले निर्धारण गर्ने अवस्था भइसकेको छ ।

स्वाभिमान मुलुक पनि को बन्ने ? भन्ने कोरोनाले अभ्यास गर्न सिकाउने छ । अनि भोको पेटमा कोरोनासंग कसरी संघर्ष गर्ने भन्ने पनि कोरोनाले सिकाउने छ । तर नेपालमा कोरोना भाइरसका विषयमा यो वहश कतै छैन । यहाँ त चुनाव हारेकालाई माथि उठाएर कसरी सर्व शक्तिमान बनाउने भन्ने घ्रिनित खेल चलिरहेको छ । कोरोना व्यवस्थापनमा कसरी आफ्नालाई स्पेश दिने र कसरी कोरोनाको वाहनामा दात्री निकायबाट मृतकको संख्या बढि देखाएर सहयोगको टोकरी फैलाउने भन्ने खालको भइरहेको छ ।

खैर छोडौं, यो सबै । पाठक बृन्द, अगिकै कुरामा फक्यौं । आहा रविको विहे अन्योलमा छ । किनकि मध्यस्तकर्ताले कोरोनाको परीक्षण रिपोर्ट खोजेका छन् । किनकि अन्तर जिल्ला उसको विहे हुन थालेको छ । प्रहरी प्रशासनले विहेको गाडिलाई छुट दिएपनि दुलही पट्टिका बगालले कोरोना परीक्षणको सर्टी फिकेट मागे भने रविको विहे रद्ध हुने सम्भाना जिवितै छ ।

त्यसो त सरकारले शुल्क लिएरै पनि लक्षण नदेखिएका नागरीकको पिसिआर परीक्षण नगर्ने भनेको छ । यो हिसावले रविमा कुनै लक्षण देखिएको छैन । तर उसले पिसिआर परीक्षणको रिपोर्ट विना दुलही भित्याउन सक्ने छैन ।

त्यसपछि हामी रविको विवाहलाई थाँति राखेर जन्त जान पनि सकेनौं । किनकि पिसिआर परीक्षण अनिवार्यसंगै अप्ठेरो पनि थियो । किनकि नागरीकको बुझाइको सरकार छैन । स्वास्थ्य मन्त्रालयले के निर्देशन दिन्छ । त्यसको कुनै टुंगो छैन । नागरीक अन्यौंलमा छन् । हामी रविको विहेमा जान असमर्थ भयौं । सरकारसंग यो सवालमा वार्गेनिङ गर्दागर्दै म त सपनाबाट ब्यूंझेछु । विहेका लागि पनि पिसिआर रिपोर्ट….।

होइन, यो बास्तविकता, मैले विपनामा पत्रिका पढें । सरकारले एउटा आत्महत्या गरेका व्यक्तिको पनि पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट भनेर संक्रमितको संख्या बढाएको समाचार आयो ।

मैले अर्को समाचार हेरें । फोक्सोको क्यान्सरका विरामी पनि मृत्युपछि कोरोना संक्रमित थिए रे । अनि अर्को मृतकको वायोडाटा हेर्दा त उनी पनि वोनम्यारोको रोगि रहेछन् । तुलसीपुर गौरीगाउँका उनी उपचारका लागि ग्राण्डि अस्पतालमा भर्ना भएका थिए । संभवतः वोनम्यारोको संक्रमणले उनको निधन निश्चित भएपनि अन्ततः सरकारले उनको निधनमा कोरोनाको संक्रमण देखायो ।

थाँहा छ, यो सरकारले परीक्षणको दायरा बढाउन सकेको छैन । फेरि लकडाउनको हल्ला पनि छ । देशभर संक्रमितलाई थेग्न सक्ने कोरोना अस्पतालको वेड क्षमता २६ हजार भन्दा बढि छैन ।

त्यसैले कुरेर बसिरहेको छ । सक्रमितको संख्या बढाउन । किनकि सवै राजनीतिक दलका मुख्य नेताहरु बस्ने काठमाडौं हो । संक्रमितको संख्या बढाउन भन्दा पनि काठमाडौंलाई जनता रहित बनाए पछि मात्रै लकडाउन हुने छ । त्यो सायद सरकारले सक्रिय संक्रमितको संख्या देखाएर हुने छ । असोज २५ पछि त्यसको अभ्यास हुने छ । काठमाडौं सुरक्षित भए, सवै सुरक्षित…।

कान्तिपुर टिभिको समाचार सुन्दासुन्दै म निदाए ंछु । निद्रामा मैले एउटा संभ्रान्त परीवार जस्ले आफुलाई प्रहरी प्रशासन र सवै तहका सरकारले सपोर्ट गर्ने खालको व्यक्तिले गाउँमा एक जना वालिकालाई बलत्कार पछि हत्या गरेको सपना देखे ।

सपनामै त्यसमा अप्रत्यक्ष रुपमा पीडितलाई सघाई रहेका सरकारका अधिकारीहरु, सुरक्षानिकायका अधिकारीहरु पनि आए । वलात्कृत वालिकाको पोष्टमार्टम गर्नभन्दा पहिले पिसिआर परीक्षण गर्नुपर्नेमा पिडकहरुले दवाव दिएपछि ती बलात्कत वालिकाको पोष्टमार्टम गरिएन। तर पिसिआर परीक्षणमा पोजेटिम रिपोट आयो ।

चिकित्सकले लेखे– वलात्कार पछि हत्या गरिएकी वालिकाको निधनको कारण कोरोनाको संक्रमण । म झल्यास्स व्यूँझिए । तर,त्यो त मेरो सपना मात्रै थियो । कामन गरे सपना जस्तो विपनामा नहोस भनेर ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्