भारतमा गान्धी जयन्ती : नेपाललाई उपहार – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भारतमा गान्धी जयन्ती : नेपाललाई उपहार

    मा प्रकाशित

कनिका खबर
असोज १६, दाङ ।


भारतमा गान्धी जयन्ती मनाइरहँदा नेपाललाई उपहार प्रदान गरिएको छ । भारतले महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसर पारेर नेपाललाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार दिएको हो । भारत सरकारले ३० जिल्लाका सरकारी निकाय र गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो ।

स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थालाई ४१ एम्बुलेन्स र ६ वटा बस उपहारस्वरुप प्रदान गरेको भारतीय दूतावासले जनाएको छ ।

सन् १९९४ देखि हालसम्म भारतीय राजदूतावासले झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ ।
दूतावासका अनुसार एम्बुलेन्सहरु नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएका हुन् ।
शुक्रबार वितरण गरिएका ६ बस गरी हालसम्म दूतावासले नेपालभर १६० वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरेको जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्