प्रदेश सरकारले दाङ देउखुरी क्षेत्रलाई स्थायी राजधानी घोषणाका लागि गरेको निर्णयको स्वागतयाेग्य : चाैधरी – Kanika Khabar
Friday, January 23Nepali News Portal

प्रदेश सरकारले दाङ देउखुरी क्षेत्रलाई स्थायी राजधानी घोषणाका लागि गरेको निर्णयको स्वागतयाेग्य : चाैधरी

    मा प्रकाशित

 

सञ्जीव पछाइ

असाेज १६, दाङ ।

नेपाली  कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले पाँच नम्बर प्रदेश सरकारले दाङ देउखुरी क्षेत्रलाई स्थायी राजधानी घोषणाका लागि गरेको निर्णयको स्वागत गरेका छन् ।

दाङ देउखुरीका चौधरीले सिंगो प्रदेशको जनभावनालाई बुझेर प्रदेश सरकारले गरेको यो निर्णयले प्रदेशका नागरिकको उचित सम्मान गरेको उल्लेख गरेका छन् । प्रदेशका सबै जिल्लाको केन्द्र बिन्दुका रुपमा रहेको दाङ प्रदेशका हरेक जिल्लाका लागि पायक पर्ने भन्दै यो उपयुक्त निर्णयका लागि प्रदेश सरकारलाई उनले धन्यवाद समेत दिएका छन् ।

साथै सरकारले संसदमा पेश गरेको यो प्रस्ताव छिट्टै पास हुनेमा उनले आशा व्यक्त समेत गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्