रौतहटका उखु कृषकले उखु कृषक दर्ता गर्नु पर्ने – Kanika Khabar
Sunday, January 18Nepali News Portal

रौतहटका उखु कृषकले उखु कृषक दर्ता गर्नु पर्ने

    मा प्रकाशित

कनिका खबर
असोज १६, रौतहट

रौतहटका उखु किसानले उखु कृषक दर्ता गर्नु पर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्र अनुसार उखु कृषक सम्बन्धित स्थानिय तहमा अनिवार्य दर्ता गर्नु पर्ने प्रावधान रहेकाले सम्बन्धित कृषकहरुले आवेदन फारम भरि उखु कृषक दर्ता गर्न दुर्गा भगवति गाउँपालिकाले सुचना जारी गरेको छ । सो सुचना अनुसार रौतहट लगायत मुलुकभरका उखु किसानहरुले सो फारम भरि कृषक दर्ता गर्नु पर्ने भएको छ । उखु कृषक दर्ता गर्दा फारमका साथ उखु खेती गरेको जग्गाको लालपुर्जाको प्रतिलिपि , नागरिकताको प्रतिलिपि र बैक खाता नम्बर भएको चेकको प्रतिलिपि सहित स्थानीय पालिकाहरुमा यहि असोज २५ गतेसम्म निवेदन दर्ता गरिसक्नु पर्ने जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्