कोरोना अपडेट : विश्वभर कूल सङ्क्रमितको ७४ प्रतिशत डिस्चार्ज – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना अपडेट : विश्वभर कूल सङ्क्रमितको ७४ प्रतिशत डिस्चार्ज

    मा प्रकाशित

कनिका खबर
असोज १७, दाङ ।
विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित रहेका मध्ये ७४ प्रतिशत निको भएर डिस्चार्ज भएका छन् ।

आज शनिबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित भएका ३ करोड ४८ लाख १७ हजार ८५२ मध्ये ७४ दशमलव ३५ प्रतिशत निको भएका हुन् । अर्थात् २ करोड ५८ लाख ८५ हजार ३७५ जना निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २४ हजार ४० जनाको मृत्यु भएको छ । ५१ लाख ९० हजार ३५९ जना संक्रमित भएकोमा २५ लाख ७९ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १३ हजार ८८६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ९० लाख १३ हजार ७७४ पुगेको छ । त्यसमध्ये ५८ लाख ३३ हजार २५९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ९८ हजार २७८ जनाको मृत्यु भएको छ । १ करोड ८ लाख ६७ हजार ४१३ जना संक्रमित भएकोमा ९१ लाख ३६ हजार २५६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ५८ हजार ८२३ जनाको मृत्यु भएको छ । ८१ लाख ८६ हजार ६७४ जना संक्रमित भएकोमा ७० लाख ३७ हजार ६५९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३६ हजार २८८ जनाको ज्यान गएको छ भने १५ लाख ५ हजार ९७६ संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ४६ हजार १५८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ९३१ जनाको मृत्यु भएको छ । ३१ हजार ४११ जना संक्रमित भएकोमा २८ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्