लैङ्गिक समानता समाजको महत्वपूर्ण अधिकार : राष्ट्रपति भण्डारी – Kanika Khabar
Thursday, March 28Nepali News Portal

लैङ्गिक समानता समाजको महत्वपूर्ण अधिकार : राष्ट्रपति भण्डारी

    मा प्रकाशित

कनिका खबर
असोज १७, दाङ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानता अहिलेको समाजको महत्वपूर्ण अधिकार भएको बताएकी छन् । महिलासम्बन्धी चौथो विश्व सम्मेलनको २५औँ वार्षिकोत्सव (बेइजिङ प्लस २५) को अवसरमा अमेरिकाको न्युयोर्कमा आयोजित उच्चस्तरीय बैठकमा भर्चुुअल सम्बोधन गर्नुहुँदै उनले आजको यो ऐतिहासिक क्षण महिलामा अन्तरनिहित सबै सम्भावना हासिल गर्ने मार्गमा रहेका अवरोध अन्त्यको सङ्कल्प गर्ने अवसर भएको प्रस्ट पारिन्
।यस वर्ष ‘सबै महिला, किशोरी तथा बालिकालाई सशक्त बनाई लैङ्गिक समानताको गति तीव्र बनाआँैं’ भन्ने मूल नाराका साथ बेइजिङ सम्मेलनको २५औँ वार्षिकोत्सव मनाइँदैछ । सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङ घोषणापत्र तथा कार्ययोजनाले महिला, किशोरी तथा बालिकाको समानता र सशक्तीकरणका लागि रूपान्तरणको खाका प्रदान गरेको औँल्याइन् । बेइजिङ घोषणापत्रमा अन्तरनिहित सरोकारका १२ क्षेत्रमा क्रमिक रूपमा प्रगति हुँदै गएको भए पनि ती प्रतिबद्धता पूर्ण रूपमा हासिल हुन अझै समय लाग्ने उनले टिप्पणी गरिन् ।
नेपालले लैङ्गिक मुद्दालाई राष्ट्रिय विकासको अभिन्न अङ्गका रूपमा संविधान एवं कानुनमा व्यवस्थित गरेको जानकारी राष्ट्रपति भण्डारीले बैठकमा गराइन्  । उच्च स्तरीय बैठक लैङ्गिक समानता र महिला तथा बालिकाको सशक्तीकरणअन्तर्गत संयुक्त राष्ट्रसङ्घको ७५औँ महासभाको अवसरमा आयोजना गरिएको हो ।जसमा विश्वका ४२ राष्ट्र प्रमुख, पाँच जना उपराष्ट्रपति तथा १११ जना मन्त्रीले आफ्नो धारणा व्यक्त गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्