कोरोना नियन्त्रणका लागि नेपालमै उत्पादित औषधिको ‘क्लिनिकल ट्रायल’ गरिने – Kanika Khabar
Friday, April 19Nepali News Portal

कोरोना नियन्त्रणका लागि नेपालमै उत्पादित औषधिको ‘क्लिनिकल ट्रायल’ गरिने

    मा प्रकाशित

कनिका खबर
असोज १७, दाङ ।
कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड–१९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको जनाएको हो ।
कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड–१९ को लागि पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागिएको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए । यसबाहेक नेपाल मै उत्पादित आयुर्वेदिक औषधिको पनि क्लिनिकल ट्रायल हुने भएको छ । परिषदका सदस्य सचिव ज्ञवालीले प्रदेश नं. ५ र प्रदेश नं.२ बाट आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल सुरु गर्न लागिएको बताए । आयुर्वेद अस्पतालले कोरोनाका बिरामीलाई सुरुदेखि नै आफैले बनाएको विभिन्न जडिबुटी मिश्रित औषधिको प्रयोग गर्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्