रोट्रयाक्टले चुम्यो तरुण कप फुटसलको उपाधि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

रोट्रयाक्टले चुम्यो तरुण कप फुटसलको उपाधि

    मा प्रकाशित

लक्ष्मण बस्नेत
असोज १७, दाङ ।
दाङको तुलसीपुरमा सञ्चालित तरुण कप फुटसल प्रतियोगिता २०७७ को उपाधि रोट्रयाक्ट क्लब तुलसीपुरले हात पारेको छ ।
नेपाल तरुण दल तुलसीपुर ५ ले आयोजना गरेको प्रतियोगिताको शनिवार सम्पन्न फाईनल खेलमा पब्लिक ज्ञान ज्योति स्कुल तुलसीपुरलाई ३ का विरुद्ध ६ गोल अन्तरले पाखा लगाउँदै रोट्रयाक्टले उपाधि हात पारेको हो ।
उपाधिसँगै उसले तरुण कप तथा खसी प्राप्त गरेको छ । उपबिजेता बनेको पब्लिक ज्ञान ज्योतिले सान्त्वना कपमा चित्त बुझाउन बाध्य भयो । ४ टिमको सहभागिता रहेको प्रतियोगिता लिग प्रणालीमा खेलाईएको थियो भने सबै खेलहरु तुलसीपुर स्थित द लेजेण्ड फुटसल ग्राउण्डमा भएका थिए ।
यसैबिच प्रतियोगिता को समापन समारोह नेपाल तरुण दल तुलसीपुर ५ का अध्यक्ष सुनिल डाँगीको अध्यक्षता तथा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ का सभापति जगत बहादुर खड्काको प्रमुख आतिथ्य एवं काङ्ग्रेस क्षेत्र नम्बर ३ क का सभापति घनश्याम ढकालको बिशिस्ट आतिथ्यमा भएको थियो । तरुण दल वडा न ९ का अध्यक्ष बिस्णु खत्रीको स्वागत रहेको कार्यक्रममा प्रमुख अतिथि खड्का,विशिस्ट अतिथि ढकाल दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशिल श्रेष्ठ,नेपाल तरुण दल साविक क्षेत्र न ४ का अध्यक्ष रमेश मल्ल, नेबिसघ दाङ जिल्ला सह सचिव जितेन्द्र प्रकाश ओली, नेविसंघ तुलसीपुर नगर सभापति राजिव पाण्डे, तरुण दल क्षेत्रीय सदस्य सुशील ओली, बिपी कोइराला युबा नेतृत्व बिकास मञ्च तुलसीपुर ५ का अध्यक्ष यम बहादुर ओली लगायतकाले बोलेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्