डा. केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

डा. केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन

    मा प्रकाशित

कनिका खबर
असोज १७, काठमाडौं

चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै आज माइतीघरमा प्रदर्शन भएको छ । अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि जीवनरक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । अनशनको २० दिन पुग्दा समेत सरकारले केसीका मागहरु पूरा गर्न कुनै कदम नचालेको प्रदर्शनमा सहभागी युवाहरुले आरोप लगाएका छन् । भदौ २९ गतेबाट अनशन थाल्नुभएका डा. केसी अहिले महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा अनशनरत हुनुहुन्छ । माइतीघर मन्डलामा युवाहरुले डा. केसीको आवाज कहिले सुन्छौ सरकार ?’ भन्दै नारा लगाएका थिए । केसीले ६ बुँदे माग अघि सार्दै जुम्लाबाट अनशन सुरु गर्नुभएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्