भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ लाख नाघ्यो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
असोज १७, दाङ

भारतका कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घन्टामा थप एक हजार ६९ जनाको मृत्यु भएसँगै भारतमा मृतकको संख्या एक लाखभन्दा बढी पुगेको हो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ८४२ जनाको मृत्यु भएको जनाएको छ । भारतमा एकैदिनमा सङ्क्रमित हुनेहरुको संख्यामा भने कमी आएको देखिएको छ । केही दिनअघिसम्म दैनिक झन्डै एक लाख मानिस सङ्क्रमित हुने गरेकोमा अहिले घटेर ८० हजारको हाराहारीमा झरेको छ । सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ७९ हजार ४७६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ६४ लाख ७३ हजार ५४५ पुगेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमितमध्ये ५४ लाख २७ हजार ७०७ जना सङ्क्रमणमुक्त भइसकेका छन् भने नौ लाख ४४ हजार ९९६ जना अझैपनि सङ्क्रमित अवस्थामा नै रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्