दाङमा पाँच लाख बढि नगद सहित १८ जुवाडे पक्राउ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङमा पाँच लाख बढि नगद सहित १८ जुवाडे पक्राउ

    मा प्रकाशित

कनिका खबर
लक्ष्मण विश्वकर्मा, दाङ

असोज १७,
दाङमा नगद सहित १८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पश्चिम दाङको बबई गाउँपालिका र राप्ती गाउँपालिकाबाट गएराती उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसँहनिया बजारमा रहेको दर्शन खाजा घरबाट गएराती साढे दश बजे २ लाख ६० हजार एक सय २५ रुपैयाँ नगद सहित १० जना र बबईबाट २ लाख ६१ हजार ९ सय ९० रुपैयाँ नगदसहित ८ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी समित खड्काले जानकारी दिनुभयो । पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका वडा नम्बर ७ निवासी वर्ष ३७ का दिपेन्द्र बिक्रम शाह, वडा नम्वर ५ बस्ने वर्ष २९ का मोहन गाहा मगर, सुनिल स्मृति गाउँपालिका वडा नम्बर ७ रोल्पा निवासी वर्ष २८ का नारायण रोका मगर, राप्ती गाउँपालिका २ निवासी वर्ष ३० का बिक्रम राना, वडा नम्वर ८ बस्ने वर्ष ३० का श्याम गुरूङ, वडा नम्वर २ बस्ने वर्ष २८ का बसन्त बेल्वासे, वडा नम्वर ४ बस्ने वर्ष ३० का लक्ष्मण गिरी, वडा नम्वर ५ बस्ने वर्ष ३० का छोटेलाल चौधरी, वडा नम्वर ८ बस्ने वर्ष ४५ का बेल सिंह भैयामगर र वडा नम्वर २ बस्ने वर्ष ३८ का युवराज बुढा रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्