लक्ष्मीपुर युवा क्लबको आयोजना मा रक्तदान कार्यक्रम सम्पन्न – Kanika Khabar
Friday, January 23Nepali News Portal

लक्ष्मीपुर युवा क्लबको आयोजना मा रक्तदान कार्यक्रम सम्पन्न

    मा प्रकाशित

सञ्जीव पछाइ

असोज १८, दाङ ।

लक्ष्मीपुर युवा क्लबको आयोजना तथा रक्तसञ्चार सेवा घोराही दाङको सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।दाङ जिल्लामा रगत अभाव भएको समाचार आएपछि क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको क्लबका कोषाध्यक्ष तारा प्रसाद भण्डारी ले जानकारी दिए।क्लबका सदस्य तथा अन्य २८ जना दाताहरुले सो अवसरमा रक्तदान गरेेेेका थिए  भने सम्पूर्ण रक्तदाताहरुलाई जुसको ब्यवस्था घोराही ४ लक्ष्मीपुर निबासी युवराज पन्तले गरेेेेका थिए ।उपस्थित सम्पूर्ण रक्तदाता,स्वयंसेवक र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई क्लबका सह सचिव खेमराज भण्डारी ले धन्यवाद व्यक्त गरेेेेका  थिए भने सचिव श्रीधर भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्