खुल्ला क्रिकेटको उपाधि त्रिशिदेश्वरीलाई – Kanika Khabar
Thursday, March 28Nepali News Portal

खुल्ला क्रिकेटको उपाधि त्रिशिदेश्वरीलाई

    मा प्रकाशित

लक्ष्मण बस्नेत
१७ असोज दाङ ।
खुल्ला क्रिकेट प्रतियोगिता २०७७ को उपाधि त्रिशिदेश्वरी स्पोर्ट्स क्लव तुलसीपुरले हात पारेको छ ।
स्यालुट नेपाल युवा क्लब तुलसीपुर ९ बेलुवाको आयोजनामा सञ्चालित प्रतियोगितामा सहभागी ९ टिम मध्य अंक तालिकाको शीर्ष स्थानमा रहँदै त्रिशिदेश्वरीले उपाधि हात पारेको हो ।
उपाधिसँगै उसले नगद २० हजार तथा कप जितेको छ ।
स्थानीय स्तरमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यका तुलसीपुर ९ को गौरीचौर खेल आयोजना गरिएको प्रतियोगिता ९ टिमको सहभागिता रहेको थियो ।
यसैबिच सेलुट नेपाल युवा क्लबका अध्यक्ष लक्ष्मण शर्माको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा बेस्ट बलर त्रिशिदेश्वरी स्पोर्ट्स क्लबका स्माईल अन्सारी,बेस्ट ब्याट्सम्यान नोबेल एकाडेमीका सुदिप नेपाली र म्याच अफ सिरिज स्यालुट नेपाल युवा क्लब का युवराज ओलीलाई घोषित गरिएको थियो भने बिजेता टिम तथा खेलाडी लाई कप,प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । सो अबसरमा त्रिशिदेश्वरी क्रिकेट क्लबका अध्यक्ष कमल डाँगी ले ५ वर्षको कलिलो उमेरमै क्रिकेट खेलाडी बन्ने ईच्छा राखेर ब्याटिङको अद्भुत क्षमता बोकेका तुलसीपुर ९ बेलुवा बस्ने बिमोचन थापालाई क्रिकेट ब्याट र बल प्रदान गरेका थिए ।
कार्यक्रमको संचालन टेवुल टेनिस संघका उपाध्यक्ष अरुण लहरे गरेका थिए !

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्