छुटुटा छुट्टै दुर्घटनामा २ को मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

छुटुटा छुट्टै दुर्घटनामा २ को मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज १८, दाङ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मोरङ र लमजुङमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको हो भने ९ जना घाइते भएका छन् ।

कोशी राजमार्ग अन्तर्गत बूढीगंगा गाउँपालिका–१ टंकीसिनवारीमा लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४२ वर्षीय कमलप्रसाद तावाहाङको मृत्यु भएको छ ।

शनिबार राति साढे ९ बजेतिर बजेतिर भएको दुर्घटनामा परेर घाइते भएका तावाहाङको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा आइतबार बिहान १ बजेतिर मृत्यु भएको हो ।

मोटरसाइकल चालक सप्तरी रुपनीका २५ वर्षीय आजबुल मियाँ फरार छन् ।

मोरङकै बेलबारी नगरपालिका–१० भाउन्नेमा यात्रुबहाक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ ।

पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ५०७९ नम्बरको बस आफै अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटना भएको हो ।

यस्तै लमजुङको बेंसीशहरमा मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन्।

बेंसीशहरबाट सुन्दरबजार नगरपालिकाको खत्रीठाँटी जाँदै गरेको ग १ ख ६५०१ नम्बरको मिनीबस शनिबार राति ८ बजे बेसीशहर १ उदीपुर बजार नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा परी बेंसीशहर १ धिमिरेका २६ बर्षीय अर्जुन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्