प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा – Kanika Khabar
Sunday, January 18Nepali News Portal

प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा

    मा प्रकाशित

कनिका खबर
असोज १८, दाङ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय नै कोरोना भारइरस सङ्क्रमणमा परेपछि आइसोलेसनमा बसेका छन् । सचिवालयका चार जना, राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई सङ्क्रमण सङक्रमण देखिएको छ ।
सचिवालयका चार जनालाई सङक्रमण भएपछि प्रधानमन्त्री ओली आइसोलेसनमा बसेका हुन् । प्रधानमन्त्री ओलीको पुनः र स्वाब संकलन गर्ने तयारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई पनि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएको छ । गत बिहीबार गरिएको स्वाब परीक्षणमा भने प्रधानमन्त्री ओलीसहित श्रीमती राधिका शाक्यको रिपोर्ट नेगेटिभ देखिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्