कवाडी खोलामा बेपत्ता ५ जना अझै भेटिएनन् – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कवाडी खोलामा बेपत्ता ५ जना अझै भेटिएनन्

    मा प्रकाशित

कनिका खबर
असोज १८, बाजुरा ।
बाजुराको हिमाली गाउँपालिका वडा नं ५ कवाडी खोलामाबगेर बेपत्ता भएका पाँच जना अझै भेटिएका छैनन् । एकै परिवारका पाँच जना शुक्रबार बगेर बेपत्ता भएका थिए । सुरक्षाकर्मी र स्थानीयको सक्रियता खोजी कार्य भए पनि आजसम्म उनीहरू नभेटिएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठकुन्नाले जानकारी दिए ।
शुक्रबार दिउँसो खोलामा नुहाउन गएका बेला वेपत्ता भएका आमा, लगायत छोराछोरीको खोजिकार्य जारी रहेको र हालसम्म नभेटिएको उहाँले बताउनुभयो । कवाडी खोलाबाट बगेर नजिकै रहेको कर्णाली नदीमा मिसिएको हुन सक्ने हुँदा त्यहाँ पनि खोजीगर्न थालिएको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्