अति आवश्यक काम नपर्दासम्म काठमाडौँ नआउन सरकारको आग्रह – Kanika Khabar
Saturday, April 20Nepali News Portal

अति आवश्यक काम नपर्दासम्म काठमाडौँ नआउन सरकारको आग्रह

    मा प्रकाशित

कनिका खबर
असोज १८, काठमाडौँ ।
अति आवश्यक काम नपर्दासम्म सरकारले सर्वसाधारणलाई काठमाडौं नआउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा कोरोना संक्रमणको उच्च जोखिम देखिएको भन्दै यस्तो आग्रह गरेको हो ।
कोभिड–१९ सम्बन्धी नियमित जानकारीका क्रममा हिजो मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अत्याआवश्यक काम नपरी उपत्यकामा सकभर कोही पनि नआउन आग्रह गरेका हुन् ।
उपत्यकामा यतिबेला सङ्क्रमणको दर बढिरहेको भन्दै सकभर काठमाडौं नआउन र आउनै परे स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर मात्र आउन प्रवक्ता डा. गौतमले आग्रह गरेका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्