जेसीज सप्ताह २०२० काे उद्घाटन कार्यक्रम सम्पन्न – Kanika Khabar
Thursday, April 25Nepali News Portal

जेसीज सप्ताह २०२० काे उद्घाटन कार्यक्रम सम्पन्न

    मा प्रकाशित

कनिका खवर
असाेज १८, दाङ ।


दाङ महिला जेसीजकाे आयाेजनामा जेसीज सप्ताह २०२० काे उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज आइतबार उद्घाटन तथा वृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे हाे ।
दाङ महिला जेसीज वर्ष २०२० काे अध्यक्ष जीबा भुषालकाे अध्यक्षता तथा घाेराही उपमहानगरपालिकाका मेयर नरूलाल चाैधरीकाे प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बाेल्ने वक्ताहरूले जाेखिम परिस्थितिमा पनि महिला जेसीजले गरेकाे कार्यक्रमकाे प्रशंसा गरेका थिए ।
कार्यक्रमकाे विशिष्ट अतिथि घाेराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेश पाण्डे, नेपाल जेसीज वर्ष २०२० का कार्यकारीणी उपाध्यक्ष लालमणि भण्डारी ,नेपाल जेसीजका तालिम आयुक्तका काेषाध्यक्ष विरसिंह महरा, लमही जेसीजका अध्यक्ष सपना पाण्डे, मातृशाखा त्रिभुवन नगर जेसीजका अध्यक्ष माधव पाैडेल, जिल्ला ट्राफिक कार्यालयका प्रमुख थमन जिसी, बन महासंघका अध्यक्ष भुपेन्द्र सुवेदी लगायतले विचार व्यक्त गरेका थिए ।
जेसीजकाे आस्था पाठ अर्चना शर्माले गरेकी थिइन् । जेसीजकाे मिसन भिजन सिन्धु रिजालले गरकी थिइन् । कार्यक्रम संयाेजक बसन्ता भण्डारीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा मुल संयाेजक नारायणी भण्डारीले कार्यक्रमकाे बारेमा जानकारी गराएकी थिइन्। कार्यक्रममा उपस्थितिलाई अनिता ढकालले धन्यवाद ज्ञापन गरेकी थिइन् भने कार्यक्रमकाे सहजीकरण महासचिव संगीता गिरीले गरेकी थिइन् । कार्यक्रममा दाङ महिला जेसीजका पूर्वअध्यक्ष माया पाेख्रेल, सुशीला पाैैैैडेल, विमला शर्मा, संजिता गााैतम, निरजाा पाेख्रेल ,डााेमा पाण्डे र निवर्तमान अध्ययक्ष रेखा शर्मा लगायतकाेे उपस्थिति रहेकाे थियाे ।
जेसीज सप्ताह अन्तरगत भाेलि साेमबार मानवताकाे सेवा नै जीवनकाे सर्वाेत्तम कार्य हाे भन्ने मुल मन्त्रका साथ रक्तदान कार्यक्रम रहेकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्