प्रदेश ५को प्रस्तावित राजधानी र प्रदेशको पक्षमा मतदान गर्न नेपाली काँग्रेस क्षेत्र नम्बर १ को अपील – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्रदेश ५को प्रस्तावित राजधानी र प्रदेशको पक्षमा मतदान गर्न नेपाली काँग्रेस क्षेत्र नम्बर १ को अपील

    मा प्रकाशित

कनिका खबर
असोज १८, दाङ ।

नेपाली काँग्रेस क्षेत्र नम्बर १ दाङ देउखुरीले प्रस्तावित प्रदेश ५ राजधानी र प्रदेशको नामाकरणको पक्षमा मतदान गर्न प्रदेश पाँचका सबै सांसदहरुलाई अपील गरेको छ । सरकारले हालै संसदमा प्रस्ताव गरेको प्रदेश पाँचको स्थायी राजधानी र प्रदेशको नामाकरणको स्वागत गर्दे त्यसको पक्षमा मतदान गर्न प्रदेश ५का सांसदहरुलाई नेपाली काँग्रेस क्षेत्र नम्बर १ दाङ देउखुरीले अनुरोध गरेको हो । नेपाली काँग्रेस क्षेत्र नम्बर १का क्षेत्रीय सभापति भेषराज पान्डेयले आज आइतबार एक प्रेस बिज्ञप्ति जारी गर्दे समग्र ५ नम्बर प्रदेशको भौगोलिक केन्द्र रहेको प्रस्तावित स्थायी राजधानी दाङको देउखुरी र आर्घाखाँचीको केही क्षेत्र तथा शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बीनीलाई प्रदेशको नामाकरण गरिएकोमा त्यसको पक्षमा मतदान गरी सर्ब सहमत रुपमा अनुमोदन गर्न प्रेस बिज्ञप्ति मार्फत अनुरोध गरिएको हो ।
बिगत ३ बर्ष देखि टुङगो लाग्न नसकेको राजधानी र प्रदेशको नामाकरणको बिषय अहिले आएर प्रदेश ५ सरकारले न्यायोचित रुपमा समग्र प्रदेशको भौगोलिक समदुरी कायम हुने गरी तोकेको र प्रदेशको नामाकरण पनी बिश्वशान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई प्रस्ताव गरिएकोमा नेपाली काग्रेस दाङ क्षेत्र नम्बर १ले प्रस्तावको उच्च सम्मान स्वागत र सर्मथन गर्दछ बिज्ञप्तिमा भनिएको छ । प्रदेश पाँच सरकारले राजधानी दाङको देउखुरी उपत्यका अन्तरगत पर्ने राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको केही भुभाग र अर्घाखाँचीको शितगंगा नगरपालिकाको केही क्षेत्र समेटेर स्थायी राजधानी बनाउने प्रस्ताव संसदमा पेश गरेको छ भने भोलि त्यसको लागि मतदान गरिने कार्यसुचि रहेको छ । सर्व सहमत हुन नसके पनि बहुमतीय आधारमा प्रदेशको नाम र राजधानी तोक्ने कानुनी अधिकार प्रदेश सरकारलाई प्राप्त छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्