सामाजिक सुरक्षा भत्ता अद्यावधिक गर्न लाभग्राहीहरुलाई अपील – Kanika Khabar
Friday, April 19Nepali News Portal

सामाजिक सुरक्षा भत्ता अद्यावधिक गर्न लाभग्राहीहरुलाई अपील

    मा प्रकाशित

कनिका खबर
असोज १८, दाङ ।
घोराही उपमहानगरपालिका वडा नं. १५ ले सामाजिक सुरक्षा भत्ता अद्यावधिक गर्न लाभग्राहीहरुलाई अपील गरेको छ ।
पञ्जीकरण अधिकारी एव वडा सचिव चाँदनी थापाले आज एक अपील जारी गर्दै कार्तिक २० गते सम्म आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता अद्यावधिक गर्न अपील गरेकी छिन ।
उनले आज आइतबार जारी गरेको अपीलमा तीन पुस्ते विवरण, नागरिकताको प्रतिलिपि र एक प्रति फोटो सहित आफै उपस्थित भई आफ्नो विवरण अद्यावधिक गर्न भनिएको छ ।
नेपाल सरकारको निमानुसार उनले उक्त विवरण अग्रह गरिएको बताइन् । उनका अनुसार जेष्ठ नागरिक ७० वर्ष भन्दा माथि, जेष्ठ नागरिक दलित, जेष्ठ नागरिक एकल महिला, जेष्ठ नागरिक क्षेत्र तोकिएका, अशक्त र असाहाय भत्ता, विधवा, क वर्गको अपांगता भत्ता, ख वर्गको अपांगता भत्ता, क्षेत्र तोकिएका बालबालिका, लोपउन्मूख बालबालिका, दलित बालबालिका, लोपउन्मूख जातिले वडा नं. १५को कार्यालयमा उपस्थित भएर विवरण अद्यावधिक गर्नु पर्ने उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्