डा. केसीको जीवन रक्षा गर : देउवा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

डा. केसीको जीवन रक्षा गर : देउवा

    मा प्रकाशित

कनिका खबर
असोज १८, दाङ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपिल गरेका छन् । डा. केसीसँग वार्ता गरी उनका माग पूरा गर्नुपर्नेमा पनि सभापति देउवाले जोड दिएका छन् ।
डा. केसी अनसन बसेको २१ औँ दिन भएको छ । उनको स्वास्थ्य स्थिति बिग्रँदै गएको छ । यस्तो अवस्थामा सभापति देउवाले डा. केसीको माग पूरा गर्न सरकारले गम्भीरता देखाउनु पर्नेमा जोड दिएका हुन् । तर, सरकारले गम्भीरता नदेखाएको र जुन अत्यन्तै दुःखद् रहेको देउवाले टिप्पणी गरे ।
सभापति देउवाले आज विज्ञप्ति जारी गरी यस्तो अपील गरेका हुन् । जारी विज्ञप्तिमा भनिएको छ — जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो । डा. केसीप्रति दुव्र्यवहार गरेको र हालसम्म संवाद र समाधानमा उदासिन हुनु दु्ःखद कुरा हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्