डा. केसीको जीवन रक्षा गर : देउवा – Kanika Khabar
Saturday, January 17Nepali News Portal

डा. केसीको जीवन रक्षा गर : देउवा

    मा प्रकाशित

कनिका खबर
असोज १८, दाङ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपिल गरेका छन् । डा. केसीसँग वार्ता गरी उनका माग पूरा गर्नुपर्नेमा पनि सभापति देउवाले जोड दिएका छन् ।
डा. केसी अनसन बसेको २१ औँ दिन भएको छ । उनको स्वास्थ्य स्थिति बिग्रँदै गएको छ । यस्तो अवस्थामा सभापति देउवाले डा. केसीको माग पूरा गर्न सरकारले गम्भीरता देखाउनु पर्नेमा जोड दिएका हुन् । तर, सरकारले गम्भीरता नदेखाएको र जुन अत्यन्तै दुःखद् रहेको देउवाले टिप्पणी गरे ।
सभापति देउवाले आज विज्ञप्ति जारी गरी यस्तो अपील गरेका हुन् । जारी विज्ञप्तिमा भनिएको छ — जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो । डा. केसीप्रति दुव्र्यवहार गरेको र हालसम्म संवाद र समाधानमा उदासिन हुनु दु्ःखद कुरा हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्