प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार, ढुंगामुढा प्रहार गरेको आरोपमा १२ जना पक्राउ – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार, ढुंगामुढा प्रहार गरेको आरोपमा १२ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
असोज १६, बुटवल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरिएको छ ।

आइतबार साँझ काठमाडौंबाट हवाईमार्ग हुँदै फर्किएका मुख्यमन्त्री पोखरेल भैरहवा एअरपोर्टबाट बुटवलतर्फ आउँदै गर्दा बुटवलको राजमार्ग चौराहामा कांग्रेस कार्यक्रताले ढुंगा प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले मुख्यमन्त्री सवार गाडीलाई लक्षित गरी ढुंगा प्रहार भएको पुष्टि गरे ।

ढुंगामुढा गर्दा स्कर्टिङसहितको गाडीको सिसा फुटेको जनाइएको छ । ढुंगामुढा प्रहार भएपछि प्रहरीले हवाई फायर गरेको थियो ।

प्रहरीले ढुंगामुढा प्रहार गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी प्रस्ताव गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित अन्य संघसंस्थाले विरोध प्रदर्शन गरिरहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्