बलात्कारका घटनामा लगातार सुनुवाइ गर्न निर्देशन – Kanika Khabar
Friday, March 29Nepali News Portal

बलात्कारका घटनामा लगातार सुनुवाइ गर्न निर्देशन

    मा प्रकाशित

कनिका खबर
असोज १९, काठमाडौं
महान्यायाधिवक्ताको कार्यालयले बलात्कारका घटनामा लगातार सुनुवाइका लागि ७ दिनभित्र अदालतमा निवेदन दिन मातहतका कार्यालयलाई निर्देशन दिएको छ । मुलुकी फौजदारी कार्यविधि नियमावलीमा नेपाल सरकार वादी भई चलेको फौजदारी मुद्दामा सबै प्रतिवादी उपस्थित गराइएकोमा वा प्रतिवादी उपस्थित हुने अवधि समाप्त भएपछि लगातार कारबाही र सुनुवाई गरी किनारा गर्ने महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता लोकराज पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो । महान्यायाधिवक्ताको कार्यालयले यो कानूनी व्यवस्था अनुसार सुनुवाइको माग गर्न सबै सरकारी वकिलको कार्यालयलाई भनेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्