बेवारिसे अवस्थामा फेला परेका भनिएका नवजात शिशुकी आमा पक्राउ – Kanika Khabar
Saturday, April 20Nepali News Portal

बेवारिसे अवस्थामा फेला परेका भनिएका नवजात शिशुकी आमा पक्राउ

    मा प्रकाशित

मिना बुढाथोकी

असाेज १९, सल्यान ।
बेवारिसे अवस्थामा फेला परेका भनिएका नवजात शिशुकी आमालाइ प्रहरीले पक्राउ गरेको छ । श्रीनगर र खलंगा सडकमा पर्ने मैसेपानी असपासमा जंगलमा विहान ६ बजे वेवारिसे अवस्थामा फेला परेको बालक एक महिनाको रहेको प्रहरीले जनाएको छ । बेवारिसे बालककी आमा ३५ वर्षीया महिला शारदा नगरपालिका वडा नम्बर २ निवासी रहेको खुल्न आएको छ ।

करिब एक वर्ष अगाडी कामको सिलसिलामा भारतमा रोजगारीको सिलसिलामा गएकी ती महिलाको भारतमा सल्यानकै एक पुरुषसंगको अवैध सम्बन्ध बाट बच्चा जन्मिएको र घर फर्किने बेला अरुले थाहा पाउँछन भनेर बच्चालाइ जंगलमा फालेको ती महिलाले प्रहरीलाइ बताएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर रहेकी ती महिलाको पहिलो विवाह बाटपनि तीन सन्तान रहेको र पति संग सम्बन्ध विच्छेद भएपछि बच्चाहरुको पालनपोषणका लागी रोजगारीको लागी भारतमा गएको ती महिलाले प्रहरीलाइ बताएकी छन् ।
भारतमा संगै काम गर्न गएका ती पूरुषसंग को अवैध सम्बन्ध बाट जन्मिएका बालकलाइ लिएर भंसार सम्म संगै आएको र त्यसपछी  दबैजना छुट्टाछुट्टै घर फर्किएका हुन् ।

पति संगको सम्बन्ध विच्छेद पछि माइतीमा बस्दै आएकी ती महिलाले घर पुग्दै गर्दा आइतबार बेलुका ६ बजेनै बच्चालाइ जंगलमा छोडेर घर फर्किएको प्रहरीलाइ बताएकी छन् । आरोपित पूरुष जिल्लाकै एक क्वारेन्टाइनमा रहेको र घटना बारे थप अनुसन्धान गरी प्रकृया अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सालघारी जंगलमा सोमबार बिहान ती बालक रुँदै गरेको अवस्थामा फेला परेपछि जिल्ला अस्पतालमा राखिएको थियो । बालकलाइ बिहान ल्याक्टोजिन खुवाइएको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका डाक्टर भिमकान्त जैशीले जानकारी दिनुभयो

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्