काठमाडौँ उपत्यकामा एकैदिन १ हजार ५३१ कोरोना संक्रमित थपिए – Kanika Khabar
Thursday, March 28Nepali News Portal

काठमाडौँ उपत्यकामा एकैदिन १ हजार ५३१ कोरोना संक्रमित थपिए

    मा प्रकाशित

कनिका खबर
असोज १९, काठमाडौं
काठमाडौँ जिल्लामा १ हजार १७८ सहित काठमाडौँ उपत्यकामा एकैदिन १ हजार ५३१ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४८४ महिला र ६९४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै भक्तपुरमा ४९ महिला र ५४ पुरुषसहित १०३ संक्रमित थपिएका छन् । अर्को जिल्ला ललितपुरमा ११४ महिला र १३६ पुरुषसहित २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा बितेको २४ घण्टामा देशभर २ हजार ४४० संक्रमित थपिएको जानकारी दिएको छ । अब नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

त्यस्तै नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५ पुगेको छ ।

त्यस्तै एकैदिन १ हजार १३३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६५ हजार २०२ छ ।

अहिले नेपालमा २३ हजार ५०७ जनामा सक्रिय संक्रमण छ । उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्