प्रदेश ५ को प्रदेश सभा बैठक विरोध र नाराबाजीका बीच जारी – Kanika Khabar
Saturday, April 20Nepali News Portal

प्रदेश ५ को प्रदेश सभा बैठक विरोध र नाराबाजीका बीच जारी

    मा प्रकाशित

कनिका खबर
असोज १९, काठमाडौं
विपक्षी दलले अवरोध गरेपछि स्थगित भएको प्रदेश ५ को प्रदेश सभा बैठक विरोध र नाराबाजीका बीच जारी रहेको छ ।

सभामुख पूर्णबहादुर घर्तीले विपक्षी दलका संसादलाई बोल्न समय दिएका भए पनि उनीहरूले बोल्न अस्वीकार गरे । विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै कुर्सी तोडफोड गरेका भए पनि बैठक चालु छ ।

विपक्षी सांसदहरूको चर्को नाराबाजीका बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका थिए । मन्त्री केसीले नाराबाजीकै बीच चर्को स्वरमा प्रस्ताप पेश गरेका थिए ।

यसपछि सभामुखले सत्तारुढ सांसद भोजप्रसाद श्रेष्ठलाई समय दिए । पाँच मिनेटको समय पाएका श्रेष्ठले राजधानीसम्बन्धी अध्ययन समितिको प्रतिवेदन सांसदहरूलाई उपलब्ध गराउन माग गरे । उनले कुन आधारमा दाङको भालुवाङलाई राजधानी बनाउनु परको हो भन्ने प्रष्ट हुनुपर्ने बताए । उनले दाङमा राजधानी बनाउने प्रस्तावको विरोध गरे ।

बैठक अवरुद्ध भएपछि सभामुख पूर्णबहादुर घर्तीले २ बजे बस्ने गरी बैठक स्थगित गरेका थिए । करिब साढे ३ बजे सुरु भएको बैठकमा नाराबाजी र तोडफोड भएको थियो ।

प्रदेश ५ सरकारले दाङको देउखुरी उपत्यकामा राजधानी बनाउने प्रस्ताव पेश गरेपछि विपक्षी दलहरूले विरोध जनाएका छन् । सत्तारुढ दलभित्रै पनि असन्तुष्टि चर्केको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्