भक्तपुर जगातीको यातायात कार्यालय अनिश्चितकालका लागि बन्द – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भक्तपुर जगातीको यातायात कार्यालय अनिश्चितकालका लागि बन्द

    मा प्रकाशित

कनिका खबर
असोज १९, भक्तपुर
भक्तपुरको जगातीमा रहेको यातायात कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । कर्मचारीमा कोरोना सङ्क्रमण देखिए पछि आज देखि अनिश्चितकालका लागि सम्पुर्ण सेवा बन्द गरिएको कार्यालयका प्रमुख शशीशंखर महर्जनले बताउनुभयो । कार्यालयमा ३८ जना कर्मचारीहरु कार्यरत रहेता पनि सङ्क्रमित कर्मचारीको सम्पर्कमा आएका ८ जनाको मात्रै स्वाव परीक्षण गर्न लगिएको महर्जनले बताउनुभयो । यातायात कार्यलय बन्द हुँदा सेवाग्राहीहरु कार्यलयसम्म आएर फर्किने गरेको छन् । लकडाउन यता कार्यालयबाट चालक अनुमति पत्र वितरण र नविकरण गर्ने काम हुँदै आएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्