प्रदेश राजधानी देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्रदेश राजधानी देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

    मा प्रकाशित

नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ।

आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङस्थित देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो।

प्रदेश सरकारले प्रदेशसभामा पेश गरेका प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए। नामका बारेमा भने कांग्रेसको असहमति नरहेको उनले बताए।

कांग्रेसले निर्णय गरे पनि दाङ र  बाँकेका नेताले भने दाङकै पक्षमा मतदान गर्ने तयारी गरेका छन्। प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी  देउखुरी उपत्यका र प्रदेशको नाम लुम्बिनी प्रस्ताव गर्दै प्रदेशसभामा शुक्रबार पेश गरेका थिए।
रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्