मताधिकार कुनै ह्विपले रोक्न सक्दैन : श्रेष्ठ – Kanika Khabar
Saturday, June 6Nepali News Portal

मताधिकार कुनै ह्विपले रोक्न सक्दैन : श्रेष्ठ

    मा प्रकाशित

कनिका खबर
असोज २०, दाङ ।
नेपाली काङ्ग्रेसका प्रदेश नं. ५ का प्रदेश संसद अर्जुन श्रेष्ठले दाङका विपक्षमा मतदान गर्ने ह्विप स्वीकार नगर्ने बताएका छन् । कनिका खबरसँग कुराकानी गर्दै उनले भने, ‘जनहितको पक्षमा मतदान गर्ने अधिकार ह्विपले खोस्न सक्दैन ।’
जनहितको पक्षमा मतदान गर्ने अधिकार सबैलाई हुने बताउँदै उनले भने, ‘ दाङ राजधानी जन हितको पक्षमा छ, यसलाई कुनै श्विपले रोक्न सक्दैन, म जनहितको पक्षमा छु, जनहितको पक्षमा मतदान गर्छु, यो मेरो अधिकार हो, मेरो अधिकारका सामु ह्विप सामान्य कुरा हो । यो ह्विपले मेरो अधिकार खोस्न सक्दैन ।’
हिजो सोमबार बसेको प्रदेश सभामा काङ्ग्रेका केही संसदहरूले संसद सभाभित्र अव्यावहारिक क्रियाकलाप मात्र देखाएनन् कि सचेतक सुरेन्द्र हमालको अनुपस्थितमा संसदीय दलले प्रस्तावित राजधानीको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् । तर, उनले जारी गरेको ह्विप काङ्ग्रेस कै संसदहरूले नमान्ने अभिव्यक्ति सार्वजनिक गरिसकेका छन् ।
कांग्रेसका दाङ, बर्दिया, रोल्पालगायत जिल्लाका केन्द्रीय सदस्यहरू भने दाङमै स्थायी राजधानी राख्ने पक्षमा देखिएका छन्।
दीपक गिरी, किशौरसिंह राठौर, पार्वता डिसी चौधरी, शिला खड्का, गोपाल दहित, मंगलप्रसाद थारू, योगेन्द्र चौधरी, कृष्णकिशोर घिमिरे, सञ्जय गौतम र अमरसिंह पुनले दाङमा प्रदेशको स्थायी राजधानी हुनुपर्ने बताउँदै आएका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्