लागु औषध ब्राउन सुगर सहित बाँके प्रहरीले २ जना व्यक्तिलाई नियन्त्रणमा – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

लागु औषध ब्राउन सुगर सहित बाँके प्रहरीले २ जना व्यक्तिलाई नियन्त्रणमा

    मा प्रकाशित

कनिका खबर

२० असोज

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएका प्रहरी टोलीले सोमबार बिहान ०९ः३० बजेको समयमा नेपालगन्ज
उपमहानगरपालिका १९ स्थित १८ वर्षिय प्रदिप काधु र २७ वर्षियपृथ्विराज सुक्लालाई चेकजाँच गर्दा लुकाईछिपाई राखेको लागु औषध
ब्राउन सुगर बरामद गरेको जनाएको छ ।

उनीहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्लाष्टिकको ४ वटा सानो पोकामा ४ ग्राम लागू औषध ९ ब्राउन सुगर सहित फेला पारी नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले बताए।

उनीहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भईरहेको उपरीक्षक रानाले बताए ।

उनीहरु संग प्रारम्भिक सोध पुछ गर्दा उक्त ब्राउन सुगर भारतबाट ल्याएको खुलेको प्रहरीको श्रोतले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्