जिससद्वारा प्रादेशिक राजधानीको स्वागत – Kanika Khabar
Friday, April 19Nepali News Portal

जिससद्वारा प्रादेशिक राजधानीको स्वागत

    मा प्रकाशित

दाङ,२० असोज । जिल्ला समन्वय समिति दाङले प्रदेश नं. ५ को नाम लुम्विनी र राजधानी दाङ देउखुरीको राप्ती उपत्यकामा राख्ने निर्णयको स्वागत गरेको छ ।

मंगलवार बसेको प्रदेशसभाको बैठकले दुई तिहाइले प्रदेशसभाको नाम लुम्विनी र प्रदेशको राजधानी दाङको राप्ती उपत्यकामा बनाउने निर्णय पारित गरेको हो ।

समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली र उपप्रमुख श्रीधर शर्मा पौडेलले विज्ञप्ति निकालेर सवैलाई पायक पर्ने ठाउँमा राजधानी छनोट गरेको हुँदा सो राजधानी छनोट र उक्त प्रक्रियामा भूमिका खेल्ने प्रदेशसभा,मुख्यमन्त्री,सभामुख र प्रदेशसभा सदस्यहरुप्रति धन्यावाद ज्ञापन गरेको उल्लेख गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्