राष्ट्रियसभा सचेतक देवकोटाद्वारा प्रादेशिक राजधानीको स्वागत – Kanika Khabar
Thursday, April 25Nepali News Portal

राष्ट्रियसभा सचेतक देवकोटाद्वारा प्रादेशिक राजधानीको स्वागत

    मा प्रकाशित

दाङ,२० असोज ।

नेपाली कांग्रेस राष्ट्रियसभा मुख्य सचेतक तथा नेपाली कांग्रेसकी नेतृ अनिता देवकोटाले प्रदेश नं. ५ को नाम लुम्विनी र राजधानी दाङ देउखुरीको भालुवाङमा राख्ने निर्णयको स्वागत गरेकी छिन् ।

प्रदेशका सवै जिल्लालाई पायक पर्ने स्थानमा राजधानी बनाउने निर्णयको देवकोटाले स्वागत गरेकी हुन ।  राष्ट्रियसभा सचेतक देवकोटाले कनिका खबरसँग कुरा गर्दै प्रदेश स्थापना भएको लामो समयपछि प्रदेश नं. ५ ले न्याय पाएको समेत बताइन ।

‘संघीयताको मर्म र भावना अनुसार प्रदेशको स्थायी राजधानी दाङमा हुन आवश्यक थियो’–कुराकानीमा देवकोटाले भनिन्–‘तर यसअघि विविध कारणले दाङ राजधानी हुन सकेको थिएन, मंगलवार बसेको प्रदेशसभाको बैठकले प्रदेशसभाको नाम लुम्विनी र प्रदेशको राजधानी दाङको राप्ती उपत्यकामा बनाउने निर्णय ग¥यो । यो अत्यन्त राम्रो निर्णय गरेको छ ।’

उनले दाङ प्रादेशिक राजधानी बनाउन भूमिका खेल्ने सवैलाई धन्यावाद गर्दै देउखुरीमै प्रादेशिक राजधानी राख्नका लागि संरचना निर्माणमा थाल्न समेत आग्रह गरेकी छिन । त्यसका लागि प्रदेश सरकारलाई नेपाली कांग्रेस र दाङले सहयोग तयार रहेको समेत बताइन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्