सञ्जीव पछाइ
असोज २०, दाङ ।

प्रदेश सरकार र सांसदहरुले गरेको प्रदेश नं. ५ को नाम लुम्विनी प्रदेश र राजधानी दाङ देउखुरीको भालुवाङमा राख्ने निर्णयको नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले स्वागत गरेका छन् ।
केन्द्रीय सदस्य चौधरीले दाङको भालुबाङमा प्रदेश नं. ५ को राजधानी बनाउने प्रस्ताव पास गरेकोमा प्रदेश सरकार र सांसदहरुलाई धन्यबाद ज्ञापन गरेका छन् । उनले दाङ प्रादेशिक राजधानी बनाउन भूमिका खेल्ने सवैलाई धन्यावाद ज्ञापन गर्दै अव देउखुरीको भालुवाङमा संरचना निर्माणका लागि पहल गर्न समेत आग्रह गरेका छन ।
केन्द्रीय सदस्य चौधरीले कनिका खबरसँगको कुराकानीका क्रममा प्रदेश स्थापना भएको लामो समयपछि प्रदेश नं. ५ को राजधानी दाङ ल्याउने निर्णयले प्रदेशलाई न्याय गरेको समेत बताए ।


