तीन महिनापछि खुल्यो, एक दिन मै बन्द भयो तातोपानी नाका – Kanika Khabar
Thursday, March 28Nepali News Portal

तीन महिनापछि खुल्यो, एक दिन मै बन्द भयो तातोपानी नाका

    मा प्रकाशित

कनिका खबर
असोज २१, सिन्धुपाल्चोक ।
तातोपानी निाका फेरि बन्द भएको छ । तीन महिनापछि खुलेको तातोपानी नाका एक दिनमै फेरि बन्द भएको छ । आइतबार सामग्री लोड, अनलोड गरेर सोमबार सामग्री नेपाल भित्रिएपछि नाका फेरि बन्द भएको हो ।
भन्सार सामाग्री लोड अनलोड गर्ने मजदुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नाका बन्द छ । कोरोना पुष्टि भएपछि चीनले एकतर्फी रुपमा आयात बन्द गरेको हो । तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत रामचन्द्र ढकालका अनुसार नाका खुल्दा भित्रिएका १२ कन्टेनरका सामग्रीको भन्सार भएको छैन । ती सामग्रीको डकुमेन्ट मिल्ने क्रम बाँकी छ । चीनबाट आएका अन्य थप सामग्री मितेरी पुलपारी नै भुँईंमा थन्क्याइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्