पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना सङक्रमितको मृत्यु – Kanika Khabar
Thursday, March 28Nepali News Portal

पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना सङक्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज २१, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएकाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ज्यान गुमाउने कोरोना संक्रमितमध्ये ५ जना महिला र १० जना पुरुष रहेका छन् । काठमाडौंमा मात्र २ जना महिला र ४ जना पुरुष गरी ६ जनाको मृत्यु भएको छ ।

त्यसैगरी मोरङमा २ जना पुरुष, सिरहा र रौतहटमा १(१ जना महिला, ललितपुर, चितवन, रुपन्देही, नवलपरासी र दाङमा १/१ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्