दाङका स्थानीयबासीले बाजागाजासहित दीप प्रज्वलन गरी बजारमा मिठाई बितरण गर्दै खुशीयाली मनाए – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङका स्थानीयबासीले बाजागाजासहित दीप प्रज्वलन गरी बजारमा मिठाई बितरण गर्दै खुशीयाली मनाए

    मा प्रकाशित

भौगोलिक तथा सम्पुर्ण दृष्टिकोणले भालुवाङ राजधानी भएको भुगोलबिद तथा कानुन ब्यबसायीको भनाइ  प्रदेशको भौगोलिक अबस्था, विकास तथा वातावरणीय दृष्टिले राजधानीका लागि प्रदेश सरकारले दाङको भालुवाङ उपयुक्त स्थान छनोट गरेको छ । प्रदेशका १२ वटै जिल्लाको समदुरीका साथै ुुरक्षाको दृिष्टकोणले पनि अहिलेको उपयुक्त रहेको छ ।
यसै सन्दर्भमा आज प्रदेश सरकारले स्थायि राजधानि तोकेपछि दाङमा भने खुशीयाली छाएको छ ।

दाङका स्थानीयबासीले बाजागाजा सहित दीप प्रज्वलन गरी बजारमा मिठाई बितरण गर्दै खुशीयाली मनाएको हो । संघीयतामो मर्म बुझेर सबैलाई न्याय हुने गरी प्रदेश सरकारको राजधानी दाङको भालुवाङमा राजधानी तोकेकोमा दाङ राजधानि सरोकार समितिका सदस्य सचिव तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनले बताए ।

यता कानुनविद सुदीप गौतमले पनि प्रदेश सरकारको यो निर्णयले सबैलाई न्याय मिलेको र यो राजधानीको कुरा भौतिक रुपमा मात्र नभएर मनोभावनासँग जोडिएको बताए । लामो समयदेखि विवादमा रहेको प्रदेश ५ को राजधानी विषयमा आज टुङगो लागेको छ ।

निकै रस्साकसी पश्चात हिजो भएको मतदानबाट ६९ मत ल्याई दाङको पोल्टामा राजधानी परेको कारण दाङबासी निकैनै खुशी देखिएका छन । राप्ती नदीको किनारी क्षेत्रलाई राजधानी बनाई प्रदेश सरकार, शहरिकरणले भविष्यमा निम्त्याउने वातावरणीय समस्याप्रति पनि सचेत रहेको देखिएको सांसद एवं भुगोलविदहरुको प्रध्यापक डा. धरणी कुमार सुबेदीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्